नेभिगेशन
अर्थ/वाणिज्य

साँखका ६० महिलालाई वित्तीय साक्षरता प्रदान

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ साँखमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । 

कालिका लघुबित्त वित्तीय संस्था लि.शाखा कार्यालय मुसिकोटले शाखामा कार्यरत कर्मचारी र विभिन्न केन्द्रमा रहेका सदस्यहरुलाई एक दिन वित्तीय साक्षरता प्रदान गरेको हो । 

लघुबित्तका शाखा प्रबन्धक सिर्जना केसीका अनुसार ६० जना कर्मचारी र शाखा अन्तर्गतका समुह तथा केन्द्रमा आवद्ध सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको हो । 

कार्यक्रममा आम्दानी, खर्च व्यवस्थापन, कर्जा सदुपयोग, कर्जा परियोजना लगायत बचतका विषयमा सहभागीहरुलाई सहजीकरण गरिएको थियो । त्यसैगरी संस्थाले लिएको बचत, सेवा शुल्क, कर्जा लगायतका बारेमा  जानकारी बनाइएको थियो । 

d88bd037-f1ce-4d30-a2f6-c1e7dd455e0c-1767018115.jpgसोहि अवसरमा लघुबित्तका ३ जना सदस्यहरुलाई राहत सुविधा समेत प्रदान गरिएको छ । ग्राहक संरक्षण कोष अन्तर्गत उक्त सुविधा प्रदान गरिएको शाखा प्रवन्धक केसीले जानकारी दिनुभयो । राहत सुविधा पाउनेहरुमा अनुष्का बुढा मगर ओली, लक्ष्मी खड्का घर्ती र सुजाता बिसी पाण्डे रहनुभएको छ । 

लघुबित्त अन्तर्गत केन्द्र नम्वर ३३ का प्रमुख हुमा के.सी. पाण्डेको अध्यक्षतामा भएको वित्तीय साक्षरता कार्यक्रममा मुसिकोट नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष एक्क बहादुर पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कालिका लघुबित्त वित्तीय संस्था लि.अनुगमन मुकाम कार्यालय बिरेन्द्रनगर सुर्खेतका अनुगमन प्रमुख मोहन न्यौपानेको समेत आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन शाखा प्रबन्धक सिर्जना के.सी.ले गर्नुभएको थियो ।

84d1ada1-7bbd-486e-8235-d843ab4150f9-1767018214.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य