नेभिगेशन
राजनीति

नेपाल राष्ट्रिय कर्मचारी संगठन रुकुम पश्चिममा नयाँ नेतृत्व चयन 

नेपाल राष्ट्रिय कर्मचारी संगठन रुकुम पश्चिमले संगठनको महासंघ, निजामती र स्वास्थ्यकर्मी संगठनमा नयाँ नेतृत्व चयन गरेको छ । 

शनिबार मुसिकोट नगरपालिका ५ स्थित सहिद स्मृति भवनमा भएको पाँचौ जिल्ला सयुंक्त अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । 

अधिवेशनले नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको अध्यक्षमा देव बहादुर चन्दलाई चयन गरेको छ । जसको उपाध्यक्षमा अनिता केसी र नरेन्द्र कुमार, सचिवमा रमेश कुमार पुन मगर, सह सचिवमा बेद नारायण पुन र कोषाध्यक्षमा पवन केसी चयन हुनुभएको छ । 

त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी महासंघको अध्यक्षमा समिर गौतम चयन हुनुभएको छ । गौतमको अध्यक्षतामा १५ सदस्यीय महासंघ चयन भएको बताईएको छ । 

अधिवेशनबाट हिरा पुनको अध्यक्षतामा २१ सदस्यीय प्रगतीशिल स्वास्थ्यकर्मी संगठन चयन गरिएको छ । 

602977659_4204904246440023_6227490633276140372_n-1766843643.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति