नेभिगेशन
राजनीति

नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिमबाट गोपाल शर्मालाई एकल उम्मेदवार सिफारिस

समानुपातिक र राष्ट्रिय सभाका लागि को-को भए उम्मेदवार सिफारिस ?

नेपाली कम्युनिष्ट पार्टी जिल्ला समिति रुकुम पश्चिमले आगामी प्रतिनिधी सभा र राष्ट्रिय सभाका सदस्यको उम्मेदवार टुंगो लगाएको छ । 

बिहिबार जिल्ला पार्टी कार्यालय मुसिकोट नगरपालिका ५ सेरीगाउँमा सम्पन्न बैठकले प्रतिनिधी सभा सदस्यको प्रत्यक्ष तर्फ गोपाल शर्मा 'अनल'लाई सिफारिस गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी पार्टीका युवा नेता एवम् कर्णाली प्रदेश समिति सदस्य सुन्दर शर्माका अनुसार बैठकले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवार गोपाल शर्मा अनललाई एकल सिफारिस गर्ने निर्णय गरेको छ । 

त्यसैगरी समानुपातिक उम्मेदवारतर्फ झक्कु प्रसाद घर्ती (जनजाती),सुरज परियार (दलित), गीता नेपाली (दलित महिला) र झरणा चन्द (खसआर्य) लाई सिफारिस गर्ने निर्णय भएको छ । बैठकले राष्ट्रिय सभा निर्वाचनको लागि बुद्धि प्रसाद शर्मालाई उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको शर्माले जानकारी दिनुभयो।

पार्टीका जिल्ला संयोजक गोबिन्द रोका 'सचिन'को अध्यक्षतामा बसेको बैठकले सबै उम्मेदवार सर्वसम्मत रुपमा निर्णय गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति