नेभिगेशन
राजनीति

राप्रपा रूकुम पश्चिमले गर्यो सात जना उम्मेदबार सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टी रूकुम पश्चिमले सात जना उम्मेदवार सिफारिस गरेको छ ।

आइतबार र सोमबार खलङ्गामा बसेको पार्टीको बैठकले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो । 

राप्रपाका युवा नेता निर्जल केसीका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ तीन जना र समानुपातिकतर्फ चार जना गरेर सात जना उम्मेदवार सिफारिस गर्ने निर्णय भएको छ । 

प्रत्यक्षतर्फ दिपक कुमार मल्ल, सौरेन्द्र बहादुर शाह र गोपाल खड्का सिफारिस हुनुभएको छ । 

त्यसैगरी समानुपातिकतर्फ बिनोद शाह (खसआर्य), सिर्जना खड्का (महिला), निर्जल केसी (युवा खसआर्य) र सेती घर्ती बिक (दलित महिला) उम्मेदवार सिफारिस हुनुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति