नेभिगेशन
राजनीति

यी हुन् रुकुम कांग्रेसले सिफारिस गरेका उम्मेदवारहरु

प्रत्यक्षतर्फ ओली र शाह, समानुपातिकतर्फ भण्डारी र नेपाली सिफारिस

नेपाली कांग्रेस रुकुम पश्चिमले उम्मेदवारको टुङ्गो लगाएको छ । आगामी प्रतिनिधी सभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्यको लागि उम्मेदवार टुङ्गो लगाएको पार्टीका जिल्ला सभापति प्रेम प्रकाश ओलीेले जानकारी दिनुभयो । 

प्रतिनिधी सभा सदस्यमा प्रत्यक्षतर्फ प्रेम प्रकाश ओली र गोपाल जी जंग शाहको नाम सिफारिस गर्ने निर्णय भएको सभापति ओलीले जानकारी दिनुभयो । त्यसैगरी समानुपातिकतर्फ मानबहादुर नेपाली र मनिषा भण्डारीको नाम सिफारिस गरिएको छ । 

राष्ट्रिय सभा सदस्यमा वीरबहादुर ओलीको नाम सिफारिस गर्ने निर्णय भएको पार्टी सभापति ओलीले बताउनुभयो । उम्मेदवार छनौटको लागि गत बुधबारबाट कांग्रेसले वैठक प्रारम्भ गरेर विभिन्न चरणका छलफल गरेको थियो । 

प्रतिनिधी सभा सदस्स्यमा प्रत्यक्षतर्फ सिफारिस हुनुभएका ओली सहिद हरिभक्त ओलीका छोरा हुनुहुन्छ भने दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी सफलतापूर्वक सम्हालिसक्नुभएको छ । त्यसैगरी पूर्व राज्यमन्त्री समेत रहनुभएका शाह सम्मानित नेताको रुपमा चिनिनुहुन्छ । 

समानुपातिकमा सिफारिस हुनुभएका नेपाली राष्ट्रिय दलित आयोगको पूर्व अध्यक्ष तथा पार्टीको केन्द्रिय सदस्य हुनुहुन्छ । समानुपातिकतर्फ सिफारिस हुनुभएका महिला नेत्रृ भण्डारी महिला संघ रुकुमको अध्यक्ष हुनुहुन्छ । उहाँ अधिवक्ता समेत हुनुहुन्छ । 

राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि सिफारिस हुनुभएका नेता वीरबहादुर ओली पार्टीका पूर्व जिल्ला उपसभापति एवम् पूर्व महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । उहाँ आदर्शवान नेताको रुपमा समेत चिनिनुहुन्छ ।

जिल्ला पार्टीले टुंगो लगाएका उम्मेदवारहरुको नामावली प्रदेश समितिमा सिफारिस गर्ने जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति