नेभिगेशन
राजनीति

रुकुम पश्चिममा पूर्व जनमुक्ति सेना नेपाल र जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा संगठन गठन

जनमुक्ति सेनाको संयोजकमा सर्वजित र घाईतेहरुको संयोजकमा जयबहादुर 

रुकुम पश्चिममा पूर्व जनमुक्ति सेना नेपाल र जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा संगठन गठन गरिएको छ । 

सोमबार नेपाली कम्युनिष्ट पार्टी (साबिक नेकपा माओवादी केन्द्र) द्वारा आयोजित पूर्व जनमुक्ति सेना नेपाल र जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा संगठनको भेलाबाट दुई संगठन गठन गरिएको हो । 

नेपाली कम्युनिष्ट पार्टी (साबिक नेकपा माओवादी केन्द्र) का मुसिकोट नगर समिति अध्यक्ष धनबहादुर खड्का बसन्तले पूर्व जनमुक्ति सेना नेपालको संयोजकमा सर्वजित घर्ती चयन हुनुभएको छ । घर्तीको संयोजकत्वमा १५ सदस्यीय समिति चयन गरिएको छ । 

त्यसैगरी जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा संगठनको जिल्ला संयोजकमा जयबहादुर घर्ती चयन हुनुभएको छ । 

पूर्व जनमुक्ति सेना नेपाल रुकुम पश्चिमको सदस्यहरुमा हर्कु मल्ल, हार्दिका परियार, सपना कार्की, कमान रोका, यामबहादुर शाह, धर्म पुन र प्रजित पुन चयन हुुनुभएको छ । त्यसैगरी समितिको सदस्यहरुमा मानसिंह बुढा, रामबहादुर बुढा, हर्कबहादुर बिक, शुशीला शाही, गार्खे कामी, ओम प्रकाश बुढाथोकी र गणेश दाहाल चयन हुनुभएको छ । 

जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा संगठनको जिल्ला सदस्यहरुमा मैसर बुढा क्षेत्री, सौरभ कुमार केसी, गोपाल केसी, जीवन पोखरेल, नन्दबहादुर बुढा, धर्मबहादुर केसी र शंकरलाल घर्ती चयन हुनुभएको छ । त्यसैगरी संगठनको सदस्यहरुमा अनन्त डाँडी, रामबहादुर ओली, मनकला सेर्पाली, खड्कबहादुर थापा, नरबहादुर बिक, प्रेमबहादुर पुन र रिता बुढा चयन हुनुभएको छ । 

पार्टीका जिल्ला संयोजक गोबिन्द रोका सचिनको अध्यक्षतामा भएको भेलामा जिल्ला ईन्चार्ज बसन्तकुमार शर्मा कुशलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टीका नेताहरु गोपाल शर्मा, बुद्धिप्रसाद गौतम, झक्कु प्रसाद घर्ती, मिनबहादुर ओली, धनबिर ओली, कलबहादुर नाथ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन धर्मबहादुर केसीले गर्नुभएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति