नेभिगेशन
राजनीति

रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीको कार्यालय उद्घाटन

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) जिल्ला समितिको कार्यालय उद्घाटन गरिएको छ । 

आइतबार पूर्वमन्त्री एवम् प्रलोपाका नेता जनार्दन शर्माले जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्नु भएको हो । जिल्ला समितिको बोर्ड र पार्टीको झन्डा राखेर कार्यालयको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवम् प्रलोपाका नेता राजकुमार शर्मा, पार्टीका केन्द्रिय सदस्य गोर्खबहादुर केसी लगायत जिल्लाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

नेता शर्माले भोली सोमबार हुने युवाहरुको बृहत भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति