नेभिगेशन
राजनीति

जनार्दन शर्मा गृह जिल्ला आउँदा कालोझन्डा र नाराबाजी

प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता, पूर्वमन्त्री एवम् साबिक माओवादी केन्द्रका उपमहाचिव जनार्दन शर्मा प्रभाकर गृह जिल्ला रुकुम पश्चिम आउँदा कालो झन्डा देखाएर बिरोध गरिएको छ । 

नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताले आज बिहान मुसिकोट नगरपालिका -१ सल्लेमा कालोझन्डा देखाउँदै शर्मा बिरुद्ध नाराबाजी गरेका हुन् । 

काठमाडौंबाट सल्ले बिमानस्थलमा नेपाल एयरलाईन्सको जहाजमार्फत आउँनु भएका शर्मालाई एर्पोटबाहिर कालो झन्दा देखाएर बिरोध गरिएको हो । साबिक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अगुवाईमा नेपाली कम्युनिष्ट पार्टी निर्माण गरेर अन्य वाम घटक दलहरुसँग एकता गरेपछि सो प्रक्रियामा असहमती जनाउँदै शर्माकै अगुवाई प्रगतिशिल लोकतानित्रक पार्टी गठन भएको छ । 

नयाँ पार्टी गठनपछि पहिलो पटक गृह जिल्ला आएको बेला उहाँ बिरुद्ध नाराबाजी भएको हो । नेपाली कम्युनिष्ट पार्टी निकट एक दर्जन बढी कार्यकर्ताहरुले कालो झन्डा देखाउँदै जनार्दन शर्मा मुर्दावाद, जनतालाई धोका दिने जनार्दन मुर्दावाद, नेपाली कम्युनिष्ट पार्टी जिन्दावाद, दक्षिणपन्थी अवसरवादी मुर्दावाद लगायतका नारा लगाएका छन् ।  

गृह जिल्लामा पार्टीको कार्यालय उद्घाटन, युवा भेलालाई सम्बोधन लगायतका कार्यक्रममा सहभागी हुन शर्मा आउनुभएको बताईएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति