नेभिगेशन
राजनीति

कांग्रेस सुधार अभियान रुकुम पश्चिम र पुर्वको जिल्ला संयोजकमा ओली र मल्ल

नेपाली कांग्रेस सुधार अभियान (U-40)ले जिल्ला संयोजकहरू तोकेको छ। 

केन्द्रीय संयोजन समितिका तर्फबाट शिव रिमालले शुक्रबार जिल्ला संयोजकहरू तोक्नुभएको हो। रुकुम पश्चिमको संयोजकमा प्रदिप ओली र रुकुम पूर्वको संयोजकमा बसम मल्ललाई तोकिएको छ । 

पार्टीका हरेक तह र आम निर्वाचनमा युवाहरूको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न दबाब दिन यो अभियान अघि बढाइएको बताईएको छ।

नेपाली काँग्रेसलाई नवयुवा पुस्तासँग जोड्‌दै पार्टीप्रति युवाहरुको आकर्षण बढाउन यो अभियानले भूमिका निर्वाह गर्ने बताईएको छ । पार्टीमा अवसरको न्यायोचित वितरण र अवसरमा युवाहरुको पहुँच सुनिश्चितताको आवश्यक्ता थप टड्‌कारो देखिएकोले यो अभियान थालनी गरिएको केन्द्रीय संयोजन समितिका शिव रिमालले जानकारी दिनुभयो  । 

रुकुम पश्चिमका संयोजक ओलीले नेपाली काँग्रेसको आमुल सुधार, रुपान्तरणका लागि पार्टीका हरेक तह र पार्टीको तर्फवाट संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्न, भ्रष्टाचारको विरुद्धमा खवरदारी गर्दै सुशासन कायम गर्न, पार्टीको तर्फवाट हरेक निकायको निर्वाचनमा उम्मेदवार छनोट गर्दा प्राइमरि इलेक्सनको व्यवस्था गराउन र लोकतन्त्रको संरक्षण, संवर्द्धनका लागि खवरदारी, नयाँ बहस र पैरवि गर्नका लागि नेपाली काँग्रेस सुधार अभियान  को जिल्ला संयोजकको जिम्मेवारी पाएको जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति