नेभिगेशन
राजनीति

कांग्रेस निकट रुकुम पश्चिम - काठमाडौ सम्पर्क समितिको अध्यक्ष, उपाध्यक्ष र सचिव मनोनित

नेपाली कांग्रेस निकट  रुकुम पश्चिम - काठमाडौं सम्पर्क समितिको अध्यक्ष, उपाध्यक्ष र सचिव मनोनित गरिएको छ । 

नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले बाँफिकोट गाउँपालिका -४ छिनखेत निवासी गणेश कुमार चन्दलाई समितिको अध्यक्ष पदमा मनोनित गरिएको जानकारी दिनुभयो । 

नेपाली काँग्रेसको विधान, २०१७, संशोधित २०४६ को धारा ४१ एवम् नोपली कांग्रेसको नियामावली २०७६, को दफा ५१ को उपदफा ६ बमोजिम चन्दलाई रुकुम पश्चिम - काठमाडौं सम्पर्क समितिको अध्यक्ष पदमा मनोनित गरिएको सभापति ओलीले जनाउनुभयो । 

त्यसैगरी समितिको उपाध्यक्षमा मुसिकोट नगरपालिका -५ निवासी रबि प्रकाश मल्ल र सचिवमा चौरजहारी नगरपालिका -१ निवासी चिरञ्जिवी गिरीलाई मनोनित गरिएको छ ।

समितिको रिक्त पदहरुमा यथासक्य टुंगो लगायर कार्यसमिति विस्तार गरिने नेपाली कांग्रेस रुकुम पश्चिमका पार्टी प्रवक्ता लालबहादुर ओलीले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति