नेभिगेशन
राजनीति

रुकुम पश्चिममा संगठित हुँदै जनजाती मूलवासीहरु

रुकुम पश्चिमका जनजाती मूलवासीहरु संगठित हुन थालेका छन् ।

आईतबार मुसिकोट नगरपालिका ५ बागबजारमा अन्तरक्रिया कार्यक्रम गरेर उनीहरु जनजाती मूलवासीहरुको हकहित तथा एकताको लागि संगठित हुन थालेका हुन् । 

कार्यक्रमबाट दलबहादुर घर्तीको संयोजकत्वमा जिल्ला संयोजक समिति चयन गरिएको छ । उक्त समितिले जिल्ला संगठनको विस्तारको लागि कार्यहरु गर्ने बताईएको छ । 

उक्त कार्यक्रममा नेशनल रिपब्लिक नेपाल (एनआरएन) का अध्यक्ष डा. थम्मनबहादुर बुढा मगरको प्रमुख आतिथ्यता रहेको थियो । छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले मंगोलवादका बिषयमा राजनीतिक प्रशिक्षण दिनुभएको बताईएको छ ।

यसका साथै उहाँले विभिन्न राजन्तिक दलका प्रतिनिधि तथा बौद्धिक व्यक्तित्वहरुसँग जनजाती मूलवासीहरुको हकहित तथा एकताको आवश्यकता बारेमा समेत छलफल गर्नुभएको थियो । 

छलफल कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका पूर्व उपप्रमुख ईन्दिरा बिएम, सानीभेरी गाउँपालिकाका पूर्व अध्यक्ष नरबहादुर पुन, त्रिवेणी गाउँपालिकाका पूर्व अध्यक्ष झक्कुप्रसाद घर्ती लगायतको सहभागीता रहेको थियो । 

583330508_122184865232528231_8598930775881348929_n-1763353020.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

आठ पार्टीबीच आज एकता हुँदै