नेभिगेशन
राजनीति

रुकुम पश्चिममा एमालेको जनप्रदर्शन र जनसभा सम्पन्न

नेकपा एमाले रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोट खलंगामा जनप्रदर्शन सहित जनसभा सम्पन्न गरेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पार्टीका सल्लाहकार समिति सदस्य गोविन्द केसीले जेनजी आन्दोलनपछि निर्माण भएको वर्तमान सरकार असंवैधानिक भएको बताउनुभयो । उहाँले विकसित राजनीतिक घटनक्रमलाई एमालेले नजिकबाट नियालिरहेकोले एमालेलाई कोहि कसैले कमजोर शक्तिको रुपमा लिन नहुने उल्लेख गर्नुभयो । 

पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाको लागि जनप्रर्दशन गरिएको बताउनुभयो । उहाँले देशभक्त र लोकतन्त्रवादीहरु एक हुन समेत आह्वान गर्नुभयो । वर्तमान सरकारले संविधानको रक्षा गर्न नसक्ने र लामो बलिदानीबाट प्राप्त गणतन्त्र समेत खतरामा पर्ने सक्ने उहाँको भनाई छ । 

निर्धारित केन्द्रिय कार्यक्रम अनुसार जिल्ला सदरमुकाममा जनसभा सम्पन्न गरिएको नेकपा एामलेका जिल्ला सचिव शशिराम परियारले जानकारी दिनुभयो । उहाँका अनुसार आजको कार्यक्रममा जिल्लाका ६ वटै स्थानीय तहका सयौ कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

जन प्रदर्शन र सभा गर्नुअघि एमालेले मोटरसाईकल ¥यालि समेत निकालेको नियो । मोटरसाईकल ¥यालीपछि बागबजारस्थित पार्टी कार्यालयबाट निकालिएको जनप्रदर्शन ¥याली बागबजार, त्रिवेणी चोक, खलंगा बजार हुँदै बालमन्दिर हलमा प्रवेश गरेको थियो । बालमन्दिरमा पार्टी अध्यक्ष देवकोटाको अध्यक्षतामा जनसभा सम्पन्न भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्