नेभिगेशन
राजनीति

माओवादीका नगर अध्यक्षबाट पार्टीको लेटरप्याड र छापको दुरुपयोग गरेर गलत प्रचार गरियो : उपाध्यक्ष

बैठक बसेर आधिकारीक धारण सार्वजनिक गर्नुपर्नेमा जोड

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको साबिक नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष धनबहादुर खड्का वसन्तले पार्टीका नगर अध्यक्ष दलबहादुर खड्काले पार्टीको लेटरप्याड र छापको दुरुपयोग गरेर गलत प्रचार गरेको बताउनुभएका छ । 

नगर अध्यक्ष खड्काले शुक्रबार सिंगो मुसिकोट नगर कमिटी पार्टी रुपान्तरणको पक्षमा नभई जनार्दन शर्माको पक्षमा रहेको भनेर विज्ञप्ती जारी गरेको बिषयमा उपाध्यक्ष खड्काले आपत्ति जनाउँदै शनिबार विज्ञप्ती प्रकाशन गर्नुभएको छ । 

उपाध्यक्ष खड्काले सिंगो नगर कमिटी पार्टी एकताको पक्षमा नगएको भनेर झुठको खेती गरेको उल्लेख गर्नुभएको छ । उपाध्यक्ष खड्काले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ, 'नगर समितिको बैठक नै नबसी अध्यक्षले मात्र सुटुक्क विज्ञप्ति लेखेर सिङगो नगर समितिको हवाला दिँदै पार्टीको नीति र निर्णयका विरुद्ध गरिएको गतिविधिको भ्रममा नपर्नहुन सम्पूर्ण पार्टी पंक्ति र आम जनसमुदायमा हार्दिक अपिल गर्दछु ।' 

सम्बन्धित समाचार ...

उहाँले अहिलेको विषम परिस्थतिमा नगर समितिको बैठक बसेर आधिकारीक धारण सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभएको छ, 'पार्टीको स्थापित विधि पद्दति विपरित व्यक्तिगत रुपमा गरिएका कुनै पनि क्रियाकलापमा संलग्न नहुन समेत अध्यक्षसहित सम्बन्धित कमरेडहरुलाई अनुरोध गर्दछु ।'

583327851_833861246057928_7638460268738608123_n-1763193198.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्