नेभिगेशन
राजनीति

राप्रपा चौरजहारीको अध्यक्षमा किशोर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चौरजहारी नगर समिति रुकुम पश्चिमको अध्यक्षमा किशोर पोखरेल चयन हुुनुभएको छ । 

आईतबार चौरजहारीमा सम्पन्न नगर अधिवेशनबाट पोखरेलको अध्यक्षतामा २५ सदस्यीय नगर समिति चयन भएको युवा नेता निर्जल केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार नगर कार्यसमितिको उपाध्यक्षमा बलबहादुर चन्द, सचिवमा सुमन भण्डारी, सहसचिवमा संगिता गोसाँई र कोषाध्यक्षमा इला बुढा चयन हुनुभएको छ । 

त्यसैगरी सदस्यहरुमा चन्द्र बहादुर बुढा, कालीबहादुर खत्री, गोपाल प्रसाद शर्मा लगायत चयन हुनुभएको छ । 

पार्टीका केन्द्रिय सदस्य  दिपककुमार मल्लको प्रमुख अतिथ्यतामा भएको नगर अधिवेशनमा  राप्रपा रुकुम पश्चिमका जिल्ला अध्यक्ष बिनोद शाह, जिल्ला निर्वाचन अधिकृत लालबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्