नेभिगेशन
राजनीति

महरालाई सुन तस्करीमा ८ करोड बिगो दाबी

काठमाडौँ । पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई सुन तस्करीको अभियोगमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

जिल्ला अदालत काठमाडौंमा आज दर्ता भएको मुद्दामा तीनवटा अभियोग दाबी गरिएको छ । संगठित अपराधसँगै भन्सार ऐन र सुन तस्करीसम्बन्धी अभियोग दाबी गरिएको छ । उहाँलाई संगठित अपराध ऐन अन्तर्गत हदैसम्मको कैद दाबी गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति