नेभिगेशन
राजनीति

एमाले कार्यालयमा संविधान, समस्या र चुनौतीका बिषयमा अन्तरक्रिया

नेकपा (एमाले) रुकुम पश्चिमले मुसिकोट नगरपालिका बागबजारस्थित पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

संविधान दिवस २०८२ को अवसरमा शुक्रबार वर्तमान संविधान, समस्या र चुनौतीको बिषयमा कार्यकर्ता बिच अन्तरक्रिया गरिएको पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले जानकारी दिनुभयो । 

उहाँका अनुसार अन्तरक्रिया कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको छ । कार्यक्रममा अधिवक्ता गणेश हमालले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समावेशी शासन प्रणलीको प्रतिरक्षाका बारेमा सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा सहभागी नेता, कार्यकर्ताहरुले संविधानको सहि कार्यान्वयन र रक्षाका बिषयमा विचारहरु राखेको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।  

कार्यक्रममा पार्टीका कर्णाली प्रदेश कमिटी सदस्यहरु टंक ओली, कर्णबबहादुर ओली, रचना मल्ल, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, पालिका अध्यक्षहरु लगायत भातृ संगठनका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

548754900_4298605557029642_4297690048374692035_n-1758296467.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति