नेभिगेशन
राजनीति

संविधान दिवसको अवसरमा चौरजहारी रक्तदान

संविधान दिवस २०८२ को अवसरमा चौरजहारीमा रक्तदान कार्यक्रम गरिएको छ । 

नेकपा (माओवादी केन्द्र) चौरजहारी नगर समितिको आयोजनामा शुक्रबार चौरजहारी नगरपालिका ३ स्थित पार्टी कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । 

पार्टीका नगर अध्यक्ष मोति पोखरेलका अनुसार रक्तदान कार्यक्रमबाट १० पिन्ट रगत संकलन भएको छ । कार्यक्रमको समन्वय तथा सहजीकरण नेपाल रेडक्रस सोसाइटी उपशाखा चौरजहारी र चौरजहारी अस्पतालले गरेका थिए ।

रक्तदानबाट संकलित रगत रेडक्रसले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रमा उपलब्ध गराई चौरजहारी अस्पतालमा भर्ना भएका बिरामीहरुको लागि उपयोग गरिनेछ । 

यसका साथै पार्टीले अन्तरक्रिया कार्यक्रम समेत गरेको जनाएको छ । अध्यक्ष पोखरेलका अनुसार कार्यालयमा वर्तमान संविधानको कार्यान्वयन, रक्षा, संविधानमा भएका व्यवस्था लगायतका बिषयमा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा सहभागीहरुले लामो समयपछिको संघर्ष, त्याग र बलिदानबाट प्राप्त संविधानको रक्षा र सहि कार्यान्वयनमा जोड दिएका थिए । 

cc9bca67-9afb-4f6f-bc93-1790e26bc525-1758292093.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति