नेभिगेशन
राजनीति

प्रधानमन्त्रीमा सुशीला कार्की, तीन सदस्यीय मन्त्रिपरिषद् आजै गठन हुने

संसद विघटन गर्ने सहमति

राजनीतिक सहमति जुटेसँगै प्रधानमन्त्री पदमा सुशीला कार्कीको नियुक्ति तथा शपथग्रहण आजै हुने भएको छ । उहाँको शपथ आज ९ बजे हुने भएको छ । राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले सो जानकारी दिनुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ति गर्नुका साथै आजै शपथ ग्रहणको कार्यक्रम राखिएको छ । नेपाली राजनीतिक इतिहासमा कार्की पहिलो महिला प्रधानमन्त्री हुनुहुन्छ ।

संसद विघटनलगत्तै आजै उहाँले शपथ ग्रहण गर्ने बताईएको छ । उहाँ नेतृत्वको मन्त्रिपरिषद्‌मा सुरुमा तीन सदस्य हुनेछन् । मन्त्रीहरूको नाम टुंगो लागिसकेको छैन । 

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान नष्ट हुने भन्दै संसद विघटन नगर्ने अडान लिनुभएको थियो । तर आन्दोलनकारी शक्ति जेन–जी संसद विघटनको अडानबाट टसमस नभएपछि राष्ट्रपति विघटनका लागि बाध्य हुनुभएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्