नेभिगेशन
राजनीति

गृहमन्त्रीले भने - नैतिकताका आधारमा पदमा बस्दिनँ

गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराउनुभएको छ ।

सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।

एक पदाधिकारीका अनुसार, उहाँले ठूलो जनधनको क्षति भएको बताउँदै आफू पदमा नबस्ने बताउनुभएको हो।

‘आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो । मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, नैतिकताका आधारमा पदमा बस्दिनँ,’ गृहमन्त्री लेखकको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले जानकारी दिनुभयो। -अनलाइन खबर

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्