नेभिगेशन
राजनीति

सहिद यज्ञश्वर शर्माको २७औं स्मृति दिवस मनाइयो 

जनयुद्धको क्रममा ज्यान गुमाउनु भएका सहिद यज्ञश्वर शर्माको २७ ओैँ स्मृति दिवस मनाइएको छ । 

मंगलबार  चौरजहारी नगरपालिका -३ स्थित नेकपा (माओवादी केन्द्र) चौरजहारी नगर कमिटीको कार्यालयमा र चौरजहारी नगरपालिका -१३ स्थित सहिद पार्कमा उहाँको स्मृति दिवस मनाइएको हो । 

उहाँको स्मृति दिवसको अवसरमा फोटोमा माल्यार्पण गर्नुका साथै उहाँको योगदान र उहाँले देखेको सपनाको चर्चा गरिएको छ । सहिद शर्माको उच्च सम्मानसहित उहाँको सपना र अधुरो योजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्मृति दिवस मनाइएको माओवादी केन्द्र चौरजहारी नगर समितिका सहसचिव समीर केसीले जानकारी दिनुभयो ।

त्यसैगरी स्मृति दिवसको अवसरमा वडा नम्वर १३ स्थित घुघुती गाउँमा रहेको सहिद पार्कमा नेकपा (माओवादी केन्द्र) चौरजहारी नगरपालिका १३ नम्वर वडा कमिटीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । त्यस अवसरमा उहाँको फोटोमा माल्यार्पण गर्नुका साथै सहिद शर्माको योगदानको चर्चा गरिएको छ । 

चौरजहारी नगरपालिका -१३ घुगुती निवासी शर्माको तत्कालीन जनयुद्दको क्रममा राज्य पक्षबाट २०५५ साल भदौ १७ गते कैलालीमा हत्या भएको थियो ।

539550842_3700931136724857_8212721719943917258_n-1756824275.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्