नेभिगेशन
समाज

धावक दुर्गालाई मुसिकोटमा नगदसहित सम्मान

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ निवासी धावक दुर्गाराज बुढालाई मुसिकोट नगरपालिकाले नगद रकमसहित सम्मान गरेको छ । 

आईतबार नगरपालिकामा बुढालाई नगद १५ हजार रकमसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । 

नगर प्रमुख महेन्द्र केसीका अनुसार दौड र समग्र पर्यटन विकासमा बुढाले निरन्तर योगदान दिएकोले सम्मान गरिएको बताउनुभयो । बिशेष गरेर गत बिहिबार सम्पन्न मुसिकोट हेरिटेज रन (मिनि म्याराथन), २०८२ मा उहाँले प्रथम स्थान हाँसिल गर्नुभएको थियो ।

बुढाले निर्धारित २८ किलोमिटर दुरी १ घण्टा ५२ मिनेट ४७ सेकेन्डमा पार गरेर प्रथम स्थान हाँसिल गर्नुभएको थियो।

मुसिकोट क्षेत्रका पर्यटकिय क्षेत्रहरुको प्रचार र प्रवद्र्धन गर्ने उद्धेश्यका साथ राप्ती साहित्य परिषदले गरेको उक्त प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल बुढालाई सम्मान गरिएको हो । 

नगर प्रमुख केसी, उप प्रमुख बिमल कुमार पुन, प्रमुख प्रशासकीय अधिकृत मोहन प्रकाश गिरीले बुढालाई सम्मान गर्नुभएको हो । 

मुसिकोट हेरिटेज रनमा रुकुम पश्चिमका दुर्गा प्रथम

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्