नेभिगेशन
घटना/दुर्घटना

सल्यान हाईस दुर्घटना : नेपालगञ्ज लैजादैं गर्दा एक घाईतेको बाटोमै मृत्यु  

सल्यानको कुमाख गाउँपालिका -२ नेटा नजिकै बराई जिउलामा भएको हाईस गाडी दुर्घटनामा घाईते भएका एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भिर घाईते भएका सल्यानको कुमाख गाउँपालिका २ सेतिकम निवासी ६२ वर्षीय कलिभान रानालाई उपचारको लागि लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

गम्भिर घाइते अवस्थाका उहाँको बबई पुगेको बेला मृत्यु भएको हो । उहाँका आफन्तका अनुसार बबईबाट उहाँलाई घर तर्फ फर्काइएको छ । 

बाँकेको नेपालगञ्जबाट सल्यानको रागेचौर हुँदै रुकुमपश्चिमको चौरजहारी आउँदै गरेको भे १ ख ३९९४ नम्वरको हाईस हाईस गाडी आज दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा परेर रानासहित १५ जना घाईते भएका थिए । 

घाईते मध्य १३ जनाको कोहलपुर मेडिकल कलेजमा र एकजनाको चौरजहारी अस्पतालमा उपचार भईरहेको छ । कोहलपुरमा उपचाररत दुई जनाको अवस्था गम्भिर रहेको बताईएको छ ।   

सम्बन्धित समाचार ...

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना