नेभिगेशन
समाज

बालबालिकाको पीडामाथि पीडा थप्ने भिडियो हटाउन आदेश

रुकुम पश्चिम । गत असार १७ गते राती चौरजहारी नगरपालिका ३ टाटागाउँमा भएको घटनासँग सम्बन्धित केहि भिडियो सामाग्रीहरु हटाउनको लागि आदेश गरिएको छ । 

मंगलबार जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीस रामप्रसाद बस्यालबाट भएको आदेश अनुसार घटना सम्बन्धी मानसिक रूपमा असर पार्ने खालका युट्युब सामग्रीहरू हटाउन भनिएको हो । 

टाटागाउँका चन्द्रबहादुर बुढाले आफ्नै श्रीमती देविका बुढाथोकीलाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए । हत्यापछि उनीहरुको दुई छोरीहरु (१३ वर्षीया रेजिना र ११ वर्षीया पुर्णिमा) र ६ वर्षका एक छोरा रुपेश बिचल्लीमा परेका छन् । 

घटना पश्चात् विभिन्न सञ्चार माध्यममा समाचार आएको र युट्युबमा आएका भिडिओहरू हेर्दा बालबालिकालाई पीडामाथि थप पीडा हुने गरी प्रश्न सोधेको देखिएको र भविष्यमा समेत यस्ता भिडिओहरू रहिरहेको अवस्थामा गम्भीर असर पर्न जाने अदालतको आदेशमा उल्लेख छ ।

त्यस्तो मानसिक असर पार्ने खालका युट्युब सामग्रीहरू बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राखी तत्काल हटाउन गृह मन्त्रालय र प्रेस काउन्सिल नेपाललाई लेखि पठाउन आज जारी भएको आदेशमा भनिएको छ । 

यसका साथै घटनापछि बालबालिकाका लागि भनेर विभिन्न सहयोग अभियान सञ्चालन भएकामा उक्त अभियानबाट बालबालिकाका लागि सङ्कलन भएको रकम बालबालिकाकै हितमा प्रयोग गर्न आदेश भएको छ । सहयोग रकमलाई दुरुपयोग हुन नदिनका लागि स्थानीय निकायसँग समन्वय सहजीकरण गरी आवश्यक व्यवस्था मिलाउनु भनी प्रमुख जिल्ला अधिकारीका लेखि पठाउनु भनी आदेश भएको छ ।  

उक्त घटनाका मुख्य आरोपी चन्द्रबहादुर बुढालाई पुर्पक्षको लागि थुनामा पठाउन र बालबालिकालाई राज्यकोषबाट व्ययभार हुने गरी सात लाख रुपियाँ क्षतीपूर्ती दिन आदेश समेत भएको छ । 

चौरजहारी घटना : नाबालकहरुलाई राज्यकोषबाट सात लाख क्षतीपूर्ती दिन र चन्द्रबहादुरलाई कारागार पठाउन आदेश

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज