नेभिगेशन
राजनीति

रवि लामिछाने माथिको प्रतिशोधविरुद्ध चौरजहारीमा हस्ताक्षर अभियान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमले चौरजहारीमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । 

पार्टी सभापति रवि लामिछानेमाथि भएको भनिएको राजनीतिक प्रतिशोधविरुद्ध देशव्यापी हस्ताक्षर अभियानको क्रममा चौरजहारीमा अभियान चलाईएको पार्टीका जिल्ला उपसभापति रिम प्रसाद शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार शुक्रबारबाट सुरु भएको हस्ताक्षर अभियानमा हालसम्म करिब सात सयले हस्ताक्षर गरेका छन् । शनिबार बजार क्षेत्रमा चहलपहल कम भएकोले थोरै संख्यामा हस्ताक्षर भएतापनि आईतबारबाट अभियान थप तिब्र पारिएको उपसभापति शर्माले जानकारी दिनुभयो । 

सभापति लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध साधेर दुःख दिइरहेको र प्रतिशोधविरुद्ध रास्वपाले चौरजहारीमा सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउनेहरुको संख्या बढीरहेको उपसभापति शर्माकाे भनाइ छ । 

अभियान अझै केहि दिन निरन्तर रहने र बिस्तार गरेर जिल्लाका अन्य स्थानमा समेत डेस्क स्थापना गरिने योजना रहेको शर्माले उल्लेख गर्नुभयो । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीबाट सुरु अभियान देशभरका वडा र घरदैलोसम्म विस्तार हुने रास्वपाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्