नेभिगेशन
अर्थ/वाणिज्य
कार्यक्रम तथा बजेट

त्रिवेणी गाउँपालिकाको बजेट ५४ करोड ८६ लाख पेश (पुर्ण विवरणसहित)

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ को लागि कार्यक्रम तथा बजेट गाउँ सभामा पेश गरेको छ । 

गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले गाउँ सभाको १३ ‍औँ अधिवेशनमा ५४ करोड ८६ लाख ३२ हजार बजेट पेश गर्नुभएको हो । 

कुल बजेट मध्य चालू तर्फ ४१ करोड ५४ लाख ३२ रुपैयाँ अर्थात् ७५.७२ प्रतिशत र पुँजीगत तर्फ १३ करोड ३२ लाख अर्थात् २४.२८ प्रतिशत बजेट विनियोजन भएको छ । 

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको बजेटको खर्च बेहोर्ने स्रोतहरूमध्ये आन्तरिक राजश्वबाट २ करोड, सङ्घीय सरकार वित्तीय समानीकरण अनुदानबाट ८ करोड ५५ लाख, सङ्घीय सरकार सशर्त अनुदानबाट  २५ करोड ६९ लाख, सङ्घीय विशेषतर्फ १ करोड ३७ लाख, सङ्घीय सरकार राजश्व बाँडफाँडबाट ८ करोड ३४ लाख बजेट प्रक्षेपण गरिएको छ । 

त्यस्तै प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट १ करोड ७ लाख ८० हजार, प्रदेश सरकार सशर्त अनुदानबाट ३ करोड ८१ लाख ३२ हजार, प्रदेश सरकार समपूरकतर्फ १ करोड र प्रदेश सरकार राजश्व बाँडफाँडबाट १६ लाख ७८ हजार ६ सय ७५ तथा आर्थिक वर्ष ०८१/०८२ मा खर्च नभई बचत हुने रकम १ करोड ६३ लाख ४१ हजार ३ सय २५ बजेट पनि आगामी वर्ष खर्च गरिने बजेटमा उल्लेख रहेकाे छ । 

बजेटकाे पुर्ण विवरण :

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्