नेभिगेशन
अर्थ/वाणिज्य
कार्यक्रम तथा बजेट

बाँफिकोटमा आयो ५० करोड २५ लाखको बजेट

मंगलबार भएको बाफिकोट गाउँपालिकाको १८ औं गाउँ सभामा आगामी वर्षको कार्यक्रम तथा बजेट पेश भएको छ । 

गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२०८३ को लागि ५० करोड २५ लाख ७४ हजार ५६३ रुपियाँको बजेट गाउँ सभाको बैठकमा पेस गरेको छ । गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीले गाउँ सभामा आगामी आर्थिक वर्षको अनुमानित बजेट पेस गर्नुभएको हो । 

कुल बजेट मध्ये संघीय समानीकरण अनुदानतर्फ ८ करोड ७७ लाख, सशर्त अनुदान तर्फ २२ करोड ७० लाख, विशेष अनुदान तर्फ १ करोड ३० लाख, समपूरक अनुदान तर्फ १० करोड ४० लाख, राजश्व बाँडफाँट तथा आन्तरिक उत्पादन ९ करोड, ८३ लाख ९४ हजार ९ सय ८ र प्रदेश समानीकरण अनुदान तर्फ १० करोड ४८ लाख ९ हजार बजेट प्रक्षेपण गरिएको छ । 

आजै गाउँपालिका अध्यक्ष जनक कुमार बाँठाले सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्नुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्