नेभिगेशन
राजनीति

वाइसियलले तोक्यो पालिका इन्चार्ज, विपदका घटनामा स्वयंमसेवक परिचालन गर्ने निर्णय

रुकुम पश्चिम । नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठनका रुपमा रहेको योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल रुकुम पश्चिमको पदाधिकारी बैठकले पालिका ईन्चार्जहरु तोकेको छ । आईतबार मुसिकाेट नगरपालिका -५ स्थित सहिद प्रतिष्ठान सेरिगाउँमा बसेकाे पदाधिकारी बैठकले जिल्लाका ६ वटा पालिकाहरुमा ईन्चार्ज तोकेको हो । 

वाइसियल रुकमु पश्चिमका अध्यक्ष एल. बि. कटुवालका अनुसार मुसिकोट नगरपालिका ईन्चार्जम राजु बिक, चौरजहारी नगरपालिका ईन्चार्जमा रेशम क्षेत्री र आठबिसकोट नगरपालिका ईन्चार्जमा विजय बिकलाई तोकिएको छ । त्यसैगरी बाँफिकोट, सानीभेरी र त्रिवेणी गाउँपालिका ईन्चार्जमा क्रमश: देव बहादुर पुन, सन्तोष बिक र गणेश चन्दलाई तोकिएको जिल्ला अध्यक्ष कटुवालले जानकारी दिनुभयो । 

यसका साथै बैठकले मनसुनजन्य विपदका घटनाहरुमा सहायताका लागि वाइसियल परिचालन गर्ने निर्णय समेत गरेको छ । अध्यक्ष कटुवालले बैठकले वाइसियल नेपाल कार्यकर्ता सहायता कोष स्थापना गर्ने, डिजिटल ब्लड बैंक स्थापना गर्ने लगायका महत्त्वपूर्ण निर्णय गरेको बताउनुभयो । 

जिल्ला अध्यक्ष कटुवालको अध्यक्षतामा र वाइसियलका केन्द्रिय उपाध्यक्ष  शैलेस शर्माको प्रमुख आथित्यतामा भएको पदाधिकारी बैठकमा संगठनका केन्द्रीय सदस्यहरु जनक विश्वकर्मा, गोबिन्द ओली लगायतको आतिथ्यता रहेको थियो । 

510592412_9997000977087995_2523210494533209720_n-1750642949.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्