नेभिगेशन
राजनीति

तरुण दलको क्षेत्रिय अध्यक्षमा विजय सर्वसम्मत

नेपाल तरुण दल रुकुम पश्चिमको प्रदेश निर्वाचन क्षेत्र (क) को दोश्रो अधिवेशन सम्पन्न भएको छ । 

बिहिबार बाँफिकोट गाउँपालिका ४ को छिनखेतमा भएको अधिवेशनबाट विजय शाहीको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति चयन गरिएको छ । 

सम्मेलनबाट तरुण दलको क्षेत्रिय उपाध्यक्षमा जनक कुसारी  र राजु परियार चयन हुनुभएको छ भने सचिवमा रमेश पुन मगर चयन हुनुभएको छ । कोषाध्यक्ष र सह सचिव पदमा समितिको पहिलो बैठकबाट मनोनित गर्ने बताईएको छ ।

अधिवेशन नेपाली काँग्रेसका प्रदेश निर्वाचन क्षेत्र (क) का सभापति महेन्द्र केसीको अध्यक्षता  र नेपाली कांग्रेस पार्टी जिल्ला कार्यसमिति उपसभापति हर्कसिं खत्रीको प्रमुख आथित्यमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कांग्रेस पार्टी जिल्ला कार्यसमिति पदाधिकारी, भातृ संस्थाका प्रमुख प्रतिनिधि, नेपाल तरुण दलका प्रतिनिधिको उपस्थित रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति