नेभिगेशन
अर्थ/वाणिज्य

बजेटमा रुकुम : पुनर्निर्माणमा वेवास्ता, कर्मकाण्ड मात्र पुरा !

सरकारले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि ल्याएको बजेट उत्साहजनक नभएको रुकुम पश्चिमका सरोकारवालाले प्रतिक्रिया दिएका छन् । विपद्पछिको पुनर्निर्माणको पक्ष ओझेलमा परेको र कर्मकाण्डी बजेट आएको उनीहरुको भनाई छ । 

आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले बजेटले उत्साह दिनुभन्दा पनि भूकम्प, बाढीपहिरोबाट प्रभावितलाई निराशा बनाउने काम गरेको बताउनुभयो । उहाँले बजेटमा विपद्को बिषय प्राथमिकता नपरेको र पुनर्निर्माणमा केन्द्रित नभएको प्रतिक्रिया दिनुभयो । 

चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले बजेट विगतकै निरन्तरता मात्र रहेको बताउनुभयो । उहाँले सरकारले विगतमा लोपउन्मुख समुदायका व्यक्तिहरुलाई ईन्जिनियर, डाक्टर लगायतका क्षेत्रमा अध्ययनको लागि छात्रबृत्ति दिने गरेकोमा यस पटक बादी समुदायलाई छात्रबृत्तिबाट बञ्चित गरेको जनाउनुभयो । नगर प्रमुख वादीले बजेटको दर बढाएतापनि सिमित क्षेत्रको पोल्टामुखि देखिएकोले उत्साह नरहेको बताउनुभयो । 

रुकुम उद्योग वाणिज्य संघका सचिव रमेश खड्काका अनुसार बजेट कर्मकाण्डी मात्रै छ । उहाँले बजेटमा नयाँपन नरहेको र परम्परागत ढंगले आएको बताउनुभयो । तल्लो वर्गलाई उकास्ने भन्दा पनि हुनखाने वर्गलाई नै फाईदा पुग्ने गरी बजेट आएको खड्काको भनाई छ । 

गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष भिमराज ओलीले भने बजेट समय सान्दर्भिक आएको बताउनुभयो । उहाँले युवा तथा उत्पादन क्षेत्र लक्षित बजेट आएकोले यसको कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय सांसदमा बिहीबार प्रस्तुत गर्नुभएको बजेटले कृषि, पर्यटन, उद्योग लगायतका विषयमा सकारात्मक बिषय समेटेको उहाँको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्