नेभिगेशन
समाज

रेडियो समावेशी आवाजको दोश्रो वर्ष पुरा

रुकुम पश्चिममा सञ्चालित रेडियो समावेशी आवाज दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ।

२०८० जेठ ४ गतेदेखि उत्तरगंगा एफएमबाट नाम परिवर्तन गरी पाँच सय वाट क्षमतासहित ‘रेडियो समावेशी आवाज’को नाममा प्रशारण थालेको सम्झनामा रेडियोले तेस्रो वार्षिकोत्सव मनाउन लागेको हो।

कर्णाली र लुम्बिनी प्रदेशका आधा दर्जन जिल्ला विशेषगरी रुकुम पश्चिम र सल्यानका जनतालाई सूचना, मनोरञ्जन र सामाजिक चेतनासहितका कार्यक्रम प्रशारण गर्दै आएको रेडियो समावेशी आवाजले तेस्रो वर्षमा पाइला टेकेको हो।

विनाशकारी भूकम्पपछि पनि अविचलित रहेर निरन्तर सेवा दिँदै आएको रेडियोले भविष्यका सम्भावित चुनौतीसँग जुध्दै सत्य–तथ्यमा आधारित सूचनाको प्रवाहमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएको छ।

499351280_1724337858458245_3227408483744286077_n-1747582021.jpgएफएम ब्यान्डमा १०२ मेगाहर्जमा प्रशारण हुँदै आएको रेडियो अहिले samabeshiaawaj.com, samabeshimedia.com र ‘हाम्रो पात्रो’ मोबाइल एपमार्फत पनि सुन्न सकिने भएको छ।

रेडियो सञ्चालक समितिका अध्यक्ष राजेन्द्र पुनका अनुसार, तेस्रो वार्षिकोत्सवको अवसरमा रेडियोलाई माया गर्ने स्रोता, विज्ञापनदाता, स्थानीय सरकार, साझेदार संस्था, सञ्चार माध्यम, पत्रकार, कर्मचारी तथा शुभेच्छुकप्रति विशेष धन्यवाद तथा आभार प्रकट गरिएको छ।

498275872_1432130688142345_9212858272252117604_n-1747582017.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्