नेभिगेशन
राजनीति
कन्चनपुर

सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर नभएको देउवाको आरोप

काठमाडौँ ।


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर नभएको आरोप लगाएका छन् ।

कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको पाँचाँै जिल्ला अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले प्रेस स्वतन्त्रताबिना प्रजातन्त्र बाँच्न नसक्ने बताए ।

लोकतन्त्र र प्रेस एक अर्काका पूरक भएकाले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने उनको भनाइ छ ।

सभापति देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले पर्याप्त बजेट नदिएको बताउँदै महाकाली नदीमा चार लेनको पुल बनाउन सकिए सुदूरपश्चिमको मात्र नभई देशकै विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति