नेभिगेशन
राजनीति

चौरजहारीमा २६ औं यदु स्मृति दिवस सम्पन्न

रुकुम पश्चिमको चौरजहारीमा २६ औं यदु स्मृति दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरिएको छ । 

नेकपा (एमाले) चौरजहारी नगर कमिटीले सहिद यदु गौतमको स्मृति दिवसको अवसरमा औपचारिक कार्यक्रम गर्नुका साथै विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेर स्मृतिदिवस मनाएको छ । 

कार्यक्रममा पार्टीका केन्द्रिय सल्लाहकार परिषद सदस्य गोविन्द केसीले यदु गौतमको लोकप्रियता देखि डराएर तत्कालिन बिद्रोही माओवादीले हत्या गरेको बताउनु भयो । 

पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले व्यक्तिको हत्या गरेर विचारको हत्या नहुने बताउनुभयो । उहाँले हत्याराहरुलाई समयले सजाय दिने उल्लेख गर्नुभयो । 

नगर कमिटीका सचिव डिल्लीराज शर्माका अनुसार “शहिदको बलिदानी : हाम्रो जिम्मेवारी” बिषयक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगगीता माध्यमिक विद्यालय खहरेका कविता बुढा प्रथम हुनुभएको छ भने माध्यमिक विद्यालय खोलागाँउका केशव ओलीले दोश्रो स्थान ल्याउनुभएको छ ।

यसैगरी शीतल माध्यमिक विद्यालयका सुदाम गौतम तेस्रो र  भ्याली पब्लिक स्कुलका दिया लामिछाने र आधारभुत विद्यालयका भावना जैसीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

यदु स्मृति प्रतिष्ठानको भवन चौरजहारीमा भएको कार्यक्रम नगर कमिटी अध्यक्ष अतिराम ओलीको अध्यक्षतामा र केन्द्रिय सल्लाहकार गोबिन्द केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

तत्कालीन नेकपा एमाले रुकुमका सचिव रहनुभएका यदु गौतमलाई २०५५ साल फागुन २१ गतेका दिन साबिक रुकुमको गरायला गाबिस वडा नम्वर ४ मा तत्कालिन बिद्रोही माओवादीद्धारा हत्या गरिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति