नेभिगेशन
अर्थ/वाणिज्य

आठबिसकोटमा खुल्यो एनएमबि बैंकको २०२औं शाखा

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ को राडिमा एनएमबि बैंकको शाखा कार्यालय स्थापना भएको छ । 

सोमबार एनएमबि बैंकको २०२औ शाखाको रुपमा आठबिसकोटमा शाखा कार्यालयको उद्घाटन भएको हो । बैंकको आठबिसकोट नगरपालिका प्रमुख रबि केसीले एक कार्यक्रमका बिच औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । 

उक्त अवसरमा बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले आजैबाट बैंकिग कारोबार सञ्चालन गर्ने जानकारी दिनुभयो । नेपाल सरकारबाट 'क' वर्गको ईजाजत पत्र यस बैंकको आठविसकोट शाखासहित अब २०२ शाखा, १८६ एटीएम सेवा र १० वटा एक्सटेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको बताईएको छ ।

यस अघि आठबिसकोटमा एक मात्र प्रभु बैँक सञ्चालनमा रहेको थियो । एउटै बैंक र कम जनशक्ति हुँदा सेवाग्राहीले सास्ती पाउने गरेको गुनासो सार्वजनिक हुँदै आएको थियो । स्थानीयले नयाँ बैंक खुलेपछि बैंकिग क्षेत्रमा थप सहज हुने विश्वास लिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य