सोसल मिडिया
नेपाल राष्ट्रिय कर्मचारी संगठन (सिटिईभिटी) कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार रुकुम पश्चिमको चौरजहारीमा भएको अधिबेशनबाट यज्ञश्वर शर्माको अध्यक्षतामा ११ सदस्यीय नेपाल राष्ट्रिय कर्मचारी संगठन कर्णाली प्रदेश कमिटि गठन गरिएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (सिटिईभिटी) का केन्द्रिय सदस्य समेत रहनु भएका नवनिर्वाचित अध्यक्ष शर्मा चौरजहारीस्थित सहिद यज्ञश्वर बहुप्राविधिक शिक्षालयमा कार्यरत हुनुहुन्छ ।
कमिटीको उपाध्यक्षमा जाजरकोट बहुप्राविधिक शिक्षालयका कमल मल्ल र कर्णाली प्राविधिक शिक्षालयका कर्ण प्रसाद शर्मा, सचिवमा सहिद नेत्रलाल बहुप्राविधिक शिक्षालयका मोहन भण्डारी,सह सचिवमा शिशिर लामिछाने र कोषाध्यक्षमा निराजन सेजुवाल चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यमा हेमराज गिरी र जतिन राई चयन हुनुभएको छ भने अन्य सदस्यहरु प्रदेश कमिटी बैठकले मनोनित गर्ने बताईएको छ ।
सहिद पुर्ण शान्त स्मृति भवनमा भएको अधिशेवनको उद्घाटन नेकपा (माओवादी केन्द्र) चौरजहारी नगर कमिटीका उपाध्यक्ष एवम् चौरजहारी नगरपालिकाका प्रवक्ता खुमबहादुर खड्काले गर्नुभएको थियो ।