लोकप्रीय
थप समाज
कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा मुसिकोटमा वृक्षारोपण
बिहीबार, भदौ ४, २०८३
रुकुम पश्चिममा चालु ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
बुधबार, भदौ ३, २०८३
पहिचान नखुलेको शव गन्हाउन थालेपछि मुग्लुखोलामा अन्त्येष्टी
बुधबार, भदौ ३, २०८३
बागखोरमा पहिरोले चार परिवार बिस्थापित, मुसिकोटले दियो राहत
बुधबार, भदौ ३, २०८३
उपचारको लागि दिल्ली गएका मुसिकोटका केसी ६ दिनदेखी बेपत्ता
मंगलबार, भदौ २, २०८३
रुकुम पश्चिममा बिषालु सर्पको टोकाईबाट एक बालकको मृत्यु
मंगलबार, भदौ २, २०८३
भ्रष्टाचार मुद्धामा सफाय पाएका नगर प्रमुख वादीलाई चौरजहारीमा स्वागत
सोमबार, भदौ १, २०८३
अगुवा किसानलाई एकीकृत दिगो कृषि प्रणालीसम्बन्धी पाँचदिने तालिम सम्पन्न
सोमबार, भदौ १, २०८३

दसैँ तिहार मनाउन घर आएका परदेशीहरु, विद्यार्थी तथा परिवारका अन्य सदस्यहरु यतिबेला खेतबारीमै जमघट हुने गरेका छन् । पानी पर्न रोकिएकोले पनि धान ढल्याउने राम्रो मौका जुरेको किसानहरुको भनाई छ ।
जिल्लाको चौरजहारी नगरपालिकाको खोलागाउँ, जहारीखोला फाँट, मुसीकोट नगरपालिकाको माछिमी, छिवाङजीउला, आठबिसकोट नगरपालिकाको राडि, चौर, त्रिवेणी गाउँपालिकाको पेदीखेत, पेउघा जीउला, सानीभेरी गाउँपालिकाको पेदीबजार, चाईनाबगर, बाँफिकोट गाउँपालिकाको छिनखेत लगायतका क्षेत्रमा बढी मात्रामा धान खेती हुने गर्दछ । यी सबै क्षेत्रमा धान पाकेकोले काट्ने, ढल्याउने र धान भित्र्याउने काममा यहाँका किसानहरु व्यस्त रहेका छन् ।
रुकुम पश्चिममा कुल तीन हजार ४८ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । यसबाट करिब १२ हजार ९९ मेट्रिक टन धान उत्पादन हुने गरेको तथ्याङक कार्यालयसँग रहेको छ । जिल्लामा खुमल ४ र ८, राधा ४, सावित्री, बिन्देश्वरी, मन्सुली लगायतका जातको धान खेती हुने गर्दछ । मुसीकोटको सोलाबाङ र चौरजहारीको जहारीखोलामा चैते धानको खेती समेत हुने गरेको छ । -1729317316.jpg)





