चौरजहारीका ४५ शिक्षकलाई सूचना प्रणाली सम्बन्धी तालिम

आइतबार, जेठ २७, २०८१

रुकुम पश्चिमको चौरजहारी नगरपालिका भित्रका ४५ जना शिक्षकहरुलाई एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी तालिम दिईएको छ । 

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा जेष्ठ २५ गतेदेखि २७ गतेसम्म एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी ३ दिने तालिम तथा कार्यशाला सञ्चालन भएको हो ।

तालिममा ४ वटा संस्थागत र ३७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित ४५ जना शिक्षकको सहभागीता रहेको थियो । कार्यशालामा सहभागी शिक्षकहरूले आआफ्नो विद्यालयको सूचना प्रणालीमा विद्यार्थीको विवरण अध्यावधिक गर्नुभएको छ ।

तालिमको समापन पश्चात चौरजहारी नगरपालिका क्षेत्रभित्र सञ्चालित विद्यालयका प्रधानाध्यापकहरूको बैठक समेत सम्पन्न भएको छ । जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक हिमसरा लामिछानेको अध्यक्षतामा सम्पन्न बैठकले असारको पहिलो हप्ता प्रश्न निर्माण सम्बन्धी कार्यशाला गरी असार १३ गतेदेखि पहिलो त्रैमासिक परीक्षा गर्ने निर्णय गरेको छ ।

कार्यशालाको सहजीकरण शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टिकाजंग ओलीले गर्नुभएको थियो भने चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीको प्रमुख आतिथ्यता र  हिमालय नमुना मावि खोलागाउँका प्रधानाध्यापक भिमबहादुर ओली लगाएतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २१:५५
प्रतिक्रिया दिनुहोस्