प्रहरीलाई मानव अधिकार सम्बन्धी तालिम

आइतबार, जेठ २७, २०८१

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा कार्यरत प्रहरीहरुलाई मानव अधिकारका बारेमा तालिम दिईएको छ । 

आईतबार जिल्ला प्रहरी कार्यालय र मातहतका अन्य प्रहरी यूनिटमा कार्यरत ४० जना प्रहरीहरुलाई मानव अधिकारको बारेमा अनुशिक्षण दिईएको हो ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार प्रहरी काम कारवाहीको सिलसिलामा प्रहरीद्वारा हुनसक्ने मानव अधिकार हननको अवस्थालाई न्यूनिकरण गर्ने उद्देश्यका एक दिने तालिम सञ्चालन गरिएको हो । 

अनुशिक्षणमा मानव अधिकारको परिचय, उल्लंघन हुने अवस्था र संरक्षणमा प्रहरीको भूमिका विषयमा सहजीकरण गरिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नवराज पोखरेलको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो । 

448083225_770853228587922_7178469319564108294_n-1717948567.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्