नेभिगेशन
अर्थ/वाणिज्य
गरिबि

नेपालमा गरिबि घट्योः विज्ञ

काठमाडौँ ।

नेपालमा गरिबिको दर उल्लेख्य घट्नुमा रेमिट्यान्स र कृषिको ज्याला वृद्धि प्रमुख कारण रहेको विज्ञहरुले बताएका छन् ।

पर्याप्त आर्थिक वृद्धि नभएको र अपेक्षित रोजगारीको अवसर सिर्जना नहुँदा पनि गरिबीको दर घटेको विज्ञहरुको भनाई छ ।


काठमाडौंमा भएको दोस्रो साना किसान सम्मेलनअन्तर्गत ‘गरिबी निवारण’ शीर्षकको सत्रमा बोल्दै विज्ञहरुले सन् २००० मा नेपालमा एक घर परिवारमा औसत पाँच डलर रेमिट्यान्स आप्रवाह हुने गरेकोमा सन् २०१८ मा २०५ डलर रेमिट्यान्स आउने गरेको तथ्यांक प्रस्तुत गरे ।

संयुक्त राष्ट्र संघमा जनाएको प्रतिवद्धता अनुसार दीगो विकासको लक्ष्य हासिल गर्न सन् २०३० भित्र नेपालले गरिबीको दर दुई प्रतिशतभन्दा तल झर्नु पर्छ ।

तर हालसम्म नेपालले गरिवीको दर उल्लेख्य घटाए पनि टिकाउ हुनेमा आशंका देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य