राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि रुकुमका चार खेलाडी छनौट

मंगलबार, जेठ २२, २०८१

सुर्खेत । गण्डकी प्रदेशको पोखरामा आगामी जेठ ३०–३२ गतेसम्म हुने १५ वर्ष मुनिको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि कर्णाली प्रदेशस्तरीय खेलाडी छनौट गरिएको छ ।

उक्त प्रतियोगितामा छनौट भएका आठ खेलाडी मध्य चार जना रुकुम पश्चिमका हुन । छात्र ४ र छात्रा ४ जना प्रदेशबाट छनौट भएकोमा रुकुम पश्चिमका २/२ जना छनौट भएको जिल्ला ब्याडमिन्टन सङ्घ रुकुमका अध्यक्ष अनिल बुढाले जानकारी दिनुभयो ।

उहाँका अनुसार रुकुम पश्चिमका छात्रहरु शिखर केसी र रोहित ओली र छात्राहरु सुहाना बुढामगर र साहाना बुढामगर छनौट भएका हुन् ।

केसी फाइनलमा प्रथम स्थानका साथ छनौट हुनुभएको हो भने अन्य तेस्रो र चौथो स्थानमा रहेर छनौट भएको अध्यक्ष बुढाले बताउनुभयो ।

प्रतियोगिताका लागि छनोट हुने अन्यमा छात्र तर्फ दैलेखका हिमाल थापामगर र दीप सुजन्य थापा तथा छात्रा तर्फ सुर्खेतका सुनिता कँवर र एलिना शाही रहेका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्