प्रधानाध्यापक संघ रुकुम पुर्वको अध्यक्षमा चन्द्रबहादुर मल्ल चयन

शनिबार, जेठ १९, २०८१

रुकुम पुर्व । प्रधानाध्यापक संघ नेपाल रुकुम पूर्वको जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्लाको सिस्ने गाउँपालिका -६ मा अवस्थित त्रिभुवन जनता माविको हलमा आज एक कार्यक्रमका बीच जिल्लास्थित सम्पूर्ण बिद्यालयका प्रधानाध्यापकहरुको उपस्थितीमा अधिबेशन सम्पन्न भएको हो ।

अधिवेशनले रुक्मिणी माध्यामिक बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्लको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा त्रिभुवन जनता माविका प्रधानाध्यापक मदन कुमार गौतम, सचिवमा मावि कुचिबाङका प्रधानाध्यापक लोकमणी शर्मा चयन हुनुभएको छ ।
यस्तै सहायक सचिवमा मावि बल्लेचौरका प्रधानाध्यापक धनसिंह खड्का र कोषाध्यक्षमा पर्बत मावि कोलका प्रधानाध्यापक रुद्र बहादुर के.सी. लाइ चयन गरिएको छ ।
सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको समन्वय तथा सहकार्यकाबाट बिद्यालयको उन्नयन र बिकासमा टेवा पु¥याउने उद्धेश्यका साथ समिति गठन गरिएको नव निर्बाचित अध्यक्ष चन्द्र बहादुर मल्लले जानकारी दिनुभयो । बिद्यालय—बिद्यालय बीच समन्वयात्मक भूमिका खेल्दै सकारात्मक सल्लाह सुझाबका साथ गुणस्तरीय बिद्यालय निर्माणमा हातेमालो गर्दै अगाडी बढ्ने अध्यक्ष मल्लले बताउनुभयो ।

प्रधानाध्यापक संघ नेपाल  रुकुम पूर्वका संयोजक चन्द्र बहादुर मल्लको अध्यक्षतामा सम्पन्न अधिबेशनमा शिक्षा विकास तथा समन्वय ईकाइ रुकुम पूर्वका प्रमुख तिलक गौतमको प्रमुख आतिथ्य तथा नेपाल शिक्षक महासंघ रुकुम पूर्वका अध्यक्ष मान बहादुर बस्नेतको बिशेष आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा जिल्ला स्थित बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्