कविता : अधुरो प्रेम

शनिबार, जेठ १२, २०८१

कविता : अधुरो प्रेम

  • मनोज ओली

अचानक तिमी,
दोबाटोमा भेटियौं
आँखाहरु चार भए
भावहरु रसाए !

आत्माले अङ्गालो मार्यो
मुटुले ठाउँ सार्यो
ओठले ओठ चुम्यो !

म ब्युझिएँ
बाटो फरक थियो
तिमी उकालो लाग्नु थियो 
म ओरालो झर्नु थियो !

बर्सौपछि पनि 
हामीले नछोएर नै  
एक अर्कोलाई छोईरह्यौ ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कविता : म पनि हिँडे साथी !
शनिबार, जेठ १२, २०८१

गजल - दिपशिका ओली
शनिबार, जेठ १२, २०८१

कविता : म त्यो नारी !
शनिबार, जेठ १२, २०८१