नेभिगेशन
समाज

बैंकिङ कसुर मुद्धामा फरार व्यक्ति राडिबजारबाट पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीले जाजरकोटको नलगाड नगरपालिका १ चिउरी निवासी ४० वर्षीय सुरेश बिकलाई पक्राउ गरेको जनाएको छ । 

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार बैंकिङ कसुर मुद्धामा अनुसन्धानको क्रममा फरार रहेका बिकलाई आईतबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ राडिबजारबाट पक्राउ गरिएको हो । 

पक्राउ परेका बिक उपर नौ लाख ९५ हजार रुपियाँ बिगो रकम दाबी गरिएको छ । बिक बिरुद्ध देवबहादुर खत्रीले जाहेरी दिनुभएको थियो । 

पक्राउ परेका बिक उपर थप अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज