नेभिगेशन
समाज

चौरजहारीबाट हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार

रुकुम पश्चिमको चौरजहारीबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

चौरजहारी नगरपालिका –२ निवासी १९ वर्षीया शोभा आचार्यलाई हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत पठाईएको हो । 

प्रमुख जिल्ला अधिकारी निशान राज गौतमका अनुसार चौरजहारी अस्पतालमा ईमरजेन्सी अपरेशन गरी डेलिभरी गराईएकी आचार्यको पेटभित्र निरन्तर पानी जम्मा भएर स्वास्थ्यमा जटिलता आएको थियो । 

पानीको स्रोत पत्ता लगाउन सम्भव नभएर आचार्यको स्वास्थ्य अवस्था अति जोखिममा रहेको भनेर अस्पतालबाट र आर्थिक अवस्था कमजोर रहेको भनेर सम्बन्धित वडा कार्यालयबाट जानकारी प्राप्त भएकोले हेलिकप्टरको व्यवस्था गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाईएको हो । प्रमुख जिल्ला अधिकारी गौतमले राष्ट्रपति महिला सशक्तिकरण परियोजनामार्फत हेलिकप्टर व्यवस्था गरेर उहाँलाई सुर्खेत पठाईएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज