नेभिगेशन
कला/साहित्य

कविता : सफ्ट दिऊँ कि हार्ड प्रिय !

कविता : सफ्ट दिऊँ कि हार्ड प्रिय !

सफ्ट दिऊँ कि हार्ड प्रिय !
यहाँ घर जलाएर 
खरानीको व्यापार गर्ने पनि त छन् 
तिमीलाई कस्तो बानी पर्या छ
म त्यस्तै पस्किदिउँला !

खै के भनौं ?
तिमी,
स्वयर कल्पनामा भुल्न थाल्यौ
बाँस फूले झैं फूल्न थाल्यौ
तिमी 'म' मा हरायौ
म 'हामी' मा हराएँ
तिमी,
म र हामीको 
तात्विक अन्तरमा चुक्यौ
सायद 
हिंजो सम्म त ठिकै लाग्थ्यो 
तिमी के मा हरायौ ?

त्यसै भनेका होइनन् 'पाका'
गतिले कि मतिले ?
बुढो भए गोरु
भिर खोज्छ भन्थे
म खै के गरुँ ?
राम भनुँ कि काँध थापुँ ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य