नेभिगेशन
समाज

चौरजहारीबाट अवैध सालको काठसहित दुई जना पक्राउ

रुकुम पश्चिमको चौरजहरीबाट अवैध रुपमा सालको ओसार पसार कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

चौरजहारी नगरपालिका -१ खोलिबजारबाट बुधबार बेलुका सालको काठ, ट्याक्टर, चालक र सहचालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सानीभेरी गाउँपालिका -१ निवासी चालक चिरञ्जिवी खड्का र चौरजहारी नगरपालिका -१ निवासी सहचालक बिनोद बोहरा रहेको प्रहरीले जनाएको छ । 

भे १ त ७४२३ नम्बरको ट्याक्टरमा अवैध रुपमा सालको गोलिया र चिरान काठ ल्याईएको बेला उनीहरुलाई नियनत्रणमा लिएको जनाईएको छ । प्रहरीका अनुसार गोलिया नौ थान र चिसान ४६ थान गरेर १३०.५९ क्युफिट सालको काठ नियन्त्रणमा लिईएको छ ।

पक्राउ परेका व्यक्ति, नियन्त्रणमा लिइएको ट्याक्टर र काठलाई आवश्यक कारबाहिको लागि डिभिजन वन कार्यालय मुसिकोटमा पठाईएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज