नेभिगेशन
समाज

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादीलाई सुर्खेतबाट पक्राउ गरेर रुकुम ल्याईयो

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका ९ शान्तिपुर निवासी २२ वर्षीय सन्जु बिकलाई पक्राउ गरेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारका अनुसार कार्यालयबाट खटिएको प्रहरी टोलीले बिकलाई सोमबार सुर्खेतमा पक्राउ गरेको हो । 

बिक बिरुद्ध कमला सार्की कामीले जाहेरी दिनुभएको थियो । उहाँ उपर १० लाख ५० हजार बिगो रकम दाबी गरिएको छ । पक्राउ परेका बिकलाई रुकुम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य सुरु गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज