‘सानीभेरीमा बाढी आएपछि जब दुई घरसहित सात व्यक्ति डुबानमा परे ...’ (कृत्रिम अभ्यास)

शुक्रबार, जेठ ११, २०८१

“गएरातीको अविरल बर्षाको कारण सानीभेरी नदिमा बाढी आयो । नदि किनारमा रहेका दुई घर डुबानमा परे, घरमा रहेका सात जना मानिस बाढीमाफसे । जिल्ला व्यवस्थापन समितिमा आएको यो सूचनापश्चात नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र मुसिकोट नगरप्रहरीको टोली उद्धारको लागि घटनास्थलमा पुग्यो । 

घटनास्थलमा पुग्दा एक जना व्यक्ति नदिको बिचमा रहेको ढुंगामा अड्केर बचाउ बचाउ भनिरहेका थिए । केहि ड्ब्दै थिए, नदिले बगाउँदै थियो । उद्धारको लागि अनुरोध गरिरहेका थिए । नदि किनारका घर डुबानमै थिए, घरभित्रबाट बचाउ बचाउ को आवास आईरहेको थियो । 

घटनास्थल पुगेको सुरक्षाकर्मीको टोलीले तत्काल नदिमा बगेका, डुबेका, कराईरहेका सबैजनालाई उद्धार गर्न सफल भयो । उद्धार गरिएका सर्वसाधारणहरुलाई प्राथमिक उपचारपश्चात थप उपचारका लागि अस्पताल पठार्ययो ।” 

माथि उल्लेखित दृश्य बाढी पहिरो तथा डुबान सम्बन्धी उद्धारका लागि गरिएको कृत्रिम अभ्यासको हो ।  शुक्रबार मुसिकोट नगरपालिका –३ को मुग्लुखोलामा यो कृत्रिम अभ्यास प्रदर्शन गरिएको छ ।

चण्डीदल गण सल्लेको अगुवाईमा भएको यस अभ्यास मनसुन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, मुसिकोट नगरपालिका लगायतको सहभागिता रहेको छ । 

कार्यक्रममा बाढी तथा डुबानमा परेकाहरुको कसरी उद्धार गरिन्छ भन्ने बिषयमा अभ्यास गरिएको चण्डीदल गणले जानकारी दिएको छ । यस खालको प्राकृतिक विपदको बेला उद्धार टोलीले अपनाउने उद्धारका विभिन्न तरिकाहरु अभ्यास गरिएको हो ।

बानमा परेका, नदिको बिचमा रहेका, घरभित्र थुनिएका, नदिले बगाएकाहरुको उद्धारका लागि सुरक्षाकर्मी टोलीले सफल उद्धार अभ्यास गरेको थियो । उक्त नमूना उद्धार अभ्यासमा रो बिधी, थ्रो ब्याकबिधी, सुईमिङ टुईङ्ग विधि, रिभर क्रसिङ लगायतका विधि उपयोग गरिएको थियो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले प्राकृतिक विपत्तिपछि उद्धारका लागि हरपल तयारमा रहनुपर्ने उद्धारकर्मीहरुले बाढी र डुबानमा बेला कसरी उद्धार गर्न सकिन्छ भनेर सफल अभ्यास प्रदर्शन गरेको बताउनुभयो । उहाँले आपतकालिन अवस्थामा गरिने उद्धारका लागि यस खालका अभ्यासले टेवा पुग्ने विश्वास गर्नुभयो । यो अभ्यास विपद् प्रतिकार्यको लागि उत्कृष्ट अभ्यास रहेको उहाँको भनाई छ । 

442440343_477796028055899_5204182209948248830_n-1716533861.jpg
डुबानजन्य विपद्हरुलाई न्यूनिकरण गर्न विपद् प्रतिकार्य अभ्यास अत्यन्तै जरुरी प्रजिअ पन्तले बताउनुभयो । सम्भावित क्षति र त्यसबाट जोगिन यस खालका कृतिम अभ्यास महत्वपूर्ण हुने उहाँको भनाई छ । 

जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा भएको उक्त कृत्रिम अभ्यास कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, चण्डीदल गणका गणपती शरद थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज पोखरेल, सशस्त्र प्रहरी नायब उपरिक्षक सुमन लामिछाने, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जिवी बुढा मगर, सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी लगायतको उपस्थिति रहेको थियो । 

20240524_094552-1716534586.jpg

20240524_092542-1716534571.jpg

20240524_093014(0)-1716534581.jpg

20240524_092048-1716534570.jpg

20240524_092433-1716533926.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्