नेभिगेशन
राष्ट्रिय

रुकुम कारागारबाट भागेका दुई जना आफै आए, ५५ जना पक्राउ परे

३१ जना कैदीबन्दी अझै फरार

गत बिहिबार रुकुम पश्चिम कारागारबाट भागेका कैदीबन्दी मध्य ३१ जना अझै पनि फरार रहेका छन् । भागेका ८८ जना मध्य ५७ जनालाई पुनः कारागार फर्काइएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार आईतबार दिउँसोसम्म ५७ जना कैदीबन्दी कारागार फर्काएको हो । ५५ जनालाई पक्राउ गरेर ल्याईएको हो भने दुई जना आफै सम्पर्कमा आएका हुन् । 

प्रहरीले कारागारबाट भागेकाहरूको खोजी तीव्र पारेको जनाएको छ । फरारको खोजी क्रम चलिरहेको र पछिल्लो पटक २ जना कैदीबन्दी पक्राउ परेसँगै पक्राउ पर्नेको सङख्या ५७ पुगेको प्रहरी निरीक्षक पुनले बताउनुभयो । जेन–जी आन्दोलनको मौका पारेर मुसीकोट नगरपालिका १ स्थित रुकुम कारागारबाट ८८ जना कैदीबन्दी तोडफोड गरेर भागेका थिए ।  

अझै ३१ जना कैदीबन्दी फरार रहेको प्रहरी निरीक्षक पुनले बताउनुभयो । फरार हुनेहरूमा गम्भीर प्रकृतिको अपराधमा दोषी ठहर भई सजाय भुक्तान गरिरहेकाहरू समेत रहेको प्रहरीले जनाएको छ । २५ जनाको क्षमता रहेको यस कारागारमा १५८ जना कैदीबन्दीहरु रहेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्