नेभिगेशन
समाज

रुकुम पूर्व अस्पतालमा फलफूल वितरण

रुकुमकोटस्थित जिल्ला अस्पताल रुकुम पूर्वमा फलफूल वितरण गरिएको छ । 

नेपाल निजामती कर्मचारी युनियन रूकुम पुर्वले नेपाल निजामती कर्मचारी युनियनकाे ३५ ओैं स्थापना दिवसको अवसरमा फलफूल वितरण गरेको हो । 

युनियनका जिल्ला अध्यक्ष बलबहादुर केसीका अनुसार अस्पतालमा उपचाररत बिरामी, बिरामीका कुरूवा तथा उपचारमा खटिएका स्वास्थ्यकर्मिहरूलाई फलफूल वितरण गरिएको हो । यसका साथै बिरामीहरूको स्वास्थ्यलाभको कामना गरेर स्थापना दिवस मनाईएको अध्यक्ष केसीले जनाउनुभयो । 

फलफूल वितरण कार्यक्रममा निजामती युनियनका पदाधिकारी तथा सदस्यहरु, नेपाली कांग्रेस रुकुम पूर्वका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

543123035_4157097941100830_4223249810479660948_n-1756966422.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

पहिरोले गाउँ जाने सडक अवरुद्ध