नेभिगेशन
समाज

चौरजहारीमा विविध कार्यक्रमका साथ मनाईयो बाल दिवस

रुकुम पश्चिमको चौरजहारीमा विविध कार्यक्रमका गरेर ६१औं राष्ट्रिय बाल दिवस मनाईएको छ । 

आईतबार "बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी" भन्ने मूल नाराका साथ नगर बाल सञ्जाल, चौरजहारी नगर समितिको आयोजना र चौरजहारी नगरपालिकाको आर्थिक सहयोगमा विविध प्रतिस्पर्धात्मक कार्यक्रमहरु सम्पन्न भएका हुन्। 

नगर बाल सञ्जालका अध्यक्ष दिपक डाँगीका अनुसार सचेनामुलक र्‍यालीका साथै विद्यार्थीहरु बिचमा वक्तृत्वकला, हाजिरी जवाफ, लोक नृत्य, चित्रकला, हिसाब दौड लगायतका प्रतियोगिताहरु गरेर दिवस मनाईएको हो । 

मावि स्तर (कक्षा ९–१२) मा भएको वक्तृत्वकला प्रतियोगितामा हिमालय मावि खोलागाउँका केशव ओली प्रथम, मावि खहरेका कविता बुढा द्वितीय र शीतल माविका सुदाम गौतमले तृतीय स्थान हाँसिल गर्नुभएको छ । 

त्यसैगरी आधारभूत तह (कक्षा ६–९) का बिद्यार्थी बिचमा बनाईएको हाजिरी जवाफ प्रतियोगितामा आधारभूत विद्यालय विजयश्वरी प्रथम,  भ्याली पब्लिक बोर्डिङ स्कुल द्वितीय र मावि खरेलचौरले तृतीय स्थान प्राप्त गरेका छन् ।

कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरु बिचमा भएको लोकनृत्य प्रतियोगितामा जनकल्याण मावि सानोखोला प्रथम, हिमालय मावि खोलागाउँ द्वितीय र आधारभूत विद्यालय मानाकोट तृतीय भएका छन् । 

548008928_1294963262322047_2294069279563396237_n-1757866279.jpgआधारभूत तह (कक्षा १–५) का विद्यार्थीहरु बिचमा बनाईएको चित्रकला प्रतियोगितामा आधारभूत विद्यालय माानकोटका मनोज राना प्रथम, सरस्वती बोर्डिङ स्कुलका प्रतिक्षा सुनार द्वितीय र मावि खहरेका आशिष पुन तृतीय भएका छन् । 

त्यसैगरी आधारभूत तह (कक्षा १–५) का विद्यार्थी बिचमा भएको हिसाब दौड प्रतियोगितामा आधारभूत विद्यालय मानाकोटका सन्दीप बुढा प्रथम, आधारभूत विद्यालय मानाकोटका यमुना शर्मा द्वितीय र मावि सानोखोलाका धीरज आचार्यले तृतीय स्थान हाँसिल गरेको नगर बालसञ्जालका अध्यक्ष डाँडीले जानकारी दिनुभयो । 

कार्यक्रममा नगर प्रमुख पुष्प वादी, निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल लगायका अतिथिहरुको आतिथ्यता रहेको थियो। कार्यक्रमको उद्घाटनको क्रममा नगर प्रमुख पुष्प वादीले बालबालिकाहरूको सर्वाङ्गीण विकासका लागि स्थानीय सरकारले  गरेको लगानी स्मरण गराउँदै बालबालिकारूलाई सधैं पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  

उहाँले बालबालिकाहरूमा रहेको अन्तरनिहित क्षमता प्रष्फुटन, प्रतिस्पर्धात्मक क्षमताको विकासका साथै सरोकारवालाहरूलाई बाल अधिकार र बालबालिकाहरूको सर्वाङ्गीण विकासका लागि लगानीको सुनिश्चितता एवम् प्रतिवद्धता गर्न र गराउन टेवा पुग्ने बताउनुभयो ।

547304491_1294964348988605_7544137892380644774_n-1757866280.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्